प्राचिनकालमा दार्जीलिङ देखी हजारौं कोश टाडा रहेको काठमाडौं उपत्यका वरिपरीका डाडाहरु ढाकेर बस्ने प्राचिन जाति तामाङहरुले भारतमा, विशेस गरी दार्जीलिङलाई केन्द्रबिन्दू बनाएर, ST पाईसकेको छ भने हामी खम्बुहरुको मुलथलो माझ किरात प्रदेश भएता पनि दार्जीलिङ पहाडमा परापुर्वकाल देखी नै बसोबास गर्ने जाति भएर अहिले सम्म ST को लागि संघर्षरत छौं । भौगलिक दृष्टिकोणले अनुमान गर्नु पर्ने हो भने पनि तामाङहरु भन्दा किरात खम्बुहरु यस भुभागमा पहिला पसेको हुनुपर्छ । किरात एकता बिगठन हुने क्रममा अलग पहिचान बनाएर बसेका लिम्बुहरु यस भुभागका आदीवासी हुन् भनेर सरकारले स्विकारी उनीहरुलाई ST को मान्यता पनि दिइसकेको छ ।  तर लिम्बुहरुको वंशानुगत सरोबर दाई-भाई "खम्बु राईहरु", जसको २५० वर्ष अगाडी सम्म लिम्बुहरु सगँ एकै किरात पहिचान गासिएको थियो, अहिले आएर हामी पनि यस भुभागको आदिवासी जनजाति हौ, र हाम्रो जातिय हितको निम्ती सरकारी आरक्षण उपलब्द हुनु पर्छ भनेर आन्दोलित हुनु परेको अवस्था छ । हाम्रो आवज कतै न कतै अड्किदएको छ, त्यसैले यहाँ सरोकारवाला सरकारले हाम्रो मुद्दालाई गम्भिरतापुर्वक लिएका छैन । हामी स्वंय पनि अर्काको मुख ताकेर, आफ्नो मौलिकतालाई बुझ्ने प्रयास नगरेर, आफै माझ फुटको राजनिती खेलाखेल गरेर, संस्थागत पक्षपाती गरेर र अन्य यस्तै नकारात्मक प्रभावहरुमा डुब्ने गरेकोले यहाँ झन मिल्ने कार्य भन्दा संकट बढी मात्रमा देखिदैछ । यस नकारात्मक प्रभावहरुलाई कसरी नियन्त्रीत गर्ने र सक्दो यसको निवारण खोज्ने पट्टी पनि ध्यान दिनु जरुरी छ । हरेक किरात खम्बु राईले अबको लक्ष्य ST प्राप्तीको मांगमा केन्दृत राख्नु आवश्यक छ । याद रहोस् ….यो बौद्धिक लडाई हो । हाम्रो विरोधीहरुले प्रचार गरेको जस्तो ज्यान लिने दिने कुरा यहाँ उठ्नु हुँदैन । देव खम्बु

Comments

Popular posts from this blog

The Kirat Khambo Rai of Sikkim, Their Lifestyle and Custom at a Glance

Mangpas Bijuwa/Nakhong Rai Shamans

Yele Dong and Maghe Sankranti